aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

स्वदेशी र विदेशीलाई समान हवाई भाडा, निजी कम्पनीसँग सञ्चालक रुष्ट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०४ असोज २०७६
स्वदेशी र विदेशीलाई समान हवाई भाडा, निजी कम्पनीसँग सञ्चालक रुष्ट

काठमाडौं । सरकारले नेपाल भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा बढीभन्दा बढी विदेशी पर्यटक भित्र्याउन हवाई भाडा समायोजन गर्न गृहकार्य थालेपछि निजी हवाईसेवा कम्पनी सञ्चालक त्रसित बनेका छन्।

भाडा समायोजनका नाममा स्वदेशी तथा विदेशी यात्रुलाई समान भाडादर कायम गरिँदा निजी हवाईसेवा कम्पनी धराशयी हुने सञ्चालकहरुको चिन्ता छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले हवाई भाडा समायोजनका लागि सुझाव पेश गर्न पूर्वसचिव सुरेशमान श्रेष्ठको अध्यक्षतामा विशेष समिति गठन गरेका छन्। यो समाचार आजको नागरिक दैनिकमा प्रकशित छ ।

प्रतिक्रिया दिनुहोस