काठमाडौं । पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले मन्त्रिपरिषद्का सदस्यहरू एकसाथ धार्मिक स्थलमा जाँदा प्रश्न उठ्ने बताएका छन्। उनले सामाजिक सञ्जालमा यस्तो लेखेका छन्, कोही एक्लै वा सपरिवार कुनै धार्मिक स्थल जॉदा प्रश्न उठाउन मिल्दैन त्यो उसको निजी आस्थाको कुरा हो ? तर जब पूरै मन्त्रीमण्डल एकैसाथ र एउटा शृंखलामा धार्मिक स्थल जान्छ त्यो राजनीति हुन्छ र प्रश्न उठ्छ ?
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मन्त्रिपरिषदका सबैजना टिम लिएर शनिबार पशुपतिनाथ मन्दिर पुगेका थिए। प्रधानमन्त्री, अर्थमन्त्री डा.प्रकाशशरण महत, परराष्ट्रमन्त्री एनपी साउद, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती, ऊर्जा, जलस्रोत तथा सिञ्चाइमन्त्री शक्ति बस्नेतसहित पशुपतिनाथको मन्दिर पुगेका हुन्। प्रधानमन्त्री दाहालको भारत भ्रमणका बेलमा पनि डा भट्टराईले हामी कहा जाँदै छौं भनेर आलोचनात्मक टिप्पणी फेसबुकमा पोष्ट गरेका थिए ।
प्रतिक्रिया दिनुहोस