aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

नेपाल प्रहरीको विभिन्न पदमा तीन हजार छ सय कोटा खुल्ने तयारी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०४ असोज २०७६
नेपाल प्रहरीको विभिन्न पदमा तीन हजार छ सय कोटा खुल्ने तयारी

काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीमा ३ हजार ६०० दरबन्दी थप्न सिफारिस गरेको छ । तीन प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) र दुई उपरीक्षक(एसपी)सहित ३ हजार ५९६ दरबन्दी थप्न प्रस्ताव स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पेश गरिएको छ । 

नेपाल प्रहरी र प्रदेश प्रहरीसम्बन्धी ‘संगठन तथा व्यवस्थापन सर्वेक्षण’(ओएनएम) नबनाई गृहले दरबन्दी थप्न प्रस्ताव गरेको हो ।
गृहमन्त्री रामबहादुर थापाले स्वीकृत गरेको उक्त प्रस्ताव गृहसचिव प्रेमकुमार राईले मुख्यसचिव लोकदर्शन रेग्मीसमक्ष पेश गरेका छन् । अब बस्ने मन्त्रिपरिषद् बैठकबाट दरबन्दी थपको प्रस्ताव स्वीकृत हुने गृहका एक अधिकारीले जानकारी दिए । काठमाडौं । यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकशित छ ।

प्रतिक्रिया दिनुहोस