काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गोली चलेको छ । लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले लागुऔषध कारोबारी एक युवामाथि गोली प्रहार गरेको विमान स्थल स्रोतले बताएको छ । तर, त्रिभुवन विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार हालसम्म औपचारिक रुपमा गोली चलेको खबर नपाएको बताए ।
उनले भने, ‘गोली कुन स्थानमा र कसले चलाएको हो हालसम्म जानकारी आएको छैन ।’ लागुऔषध कारोबारी एक युवालाई नियन्त्रणमा लिन खोज्दा घुँडामुनी गोली लागेको विमानस्थल प्रहरी उच्च स्रोतले बतायो ।
प्रतिक्रिया दिनुहोस