aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको तालिका बन्दै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०४ असोज २०७६
चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको तालिका बन्दै

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङ असोज अन्तिम साता नेपाल भ्रमणमा आउने भएका छन् । उनको भ्रमण तालिका छिट्टै सार्वजनिक हुने परराष्ट्र मन्त्रालय उच्च स्रोतले जानकारी दिएको छ ।

सीको सुरक्षा, होटल, भेटघाट र स्वागतको तयारी भइरहेको छ । अब दुई मुलुकको समझदारीमा भ्रमण मिति सार्वजनिक हुनेछ । राष्ट्रपति सीको तिब्बतमा आयोजना हुने कार्यक्रममा सहभागि भएर नेपाल आउने वा भारतबाट फर्कंदा नेपाल आउने भन्नेमा टुंगो लागेको छैन । यो समाचार आजको अन्नपुर्ण पोस्टमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस