aarthiknews.com शुक्रबार, २४ जेठ २०८२   Friday, 06 June, 2025
 

गोरखा केन्द्रबिन्दु भएर भूकम्प

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०४ असोज २०७६
गोरखा केन्द्रबिन्दु भएर भूकम्प

गोरखा । गोरखा केन्द्रबिन्दु भएर आज बिहान चार रेक्टरस्केलको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार गोरखाको सिरानचोक गाउँपालिका–१ केराबारी केन्द्रबिन्दु भएर भूकम्प गएको हो । 

केन्द्रका भूकम्पविद् मुकुन्द भट्टराईले बिहान ६ बजेर १९ मिनेटमा भूकम्प गएको जानकारी दिनुभयो । भूकम्पको धक्का गोरखा, धादिङ, तनहुँ र लमजुङमा महसुस गरिएको थियो ।     एक हप्ताको बीचमा यसअघि सुदूरपश्चिमा तीनवटा र लमजुङ केन्द्रबिन्दु भएर एक भूकम्प गइसकेको छ ।  गोरखा केन्द्रबिन्दु भएर शनिबार बिहान गएको भूकम्प ४ रेक्टरस्केल भएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस