aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

अविवाहित गर्भवती युवतीको गर्भपतन गराउँदा मृत्यु

  • आजको गोरखापत्र दैनिकबाट
    आजको गोरखापत्र दैनिकबाट
  • सोमबार, २९ जेठ २०८०
अविवाहित गर्भवती युवतीको गर्भपतन गराउँदा मृत्यु

सर्लाही । सर्लाहीको बसबरिया गाउँपालिकामा केही दिनअघि गर्भपतन गराएकी एक १६ वर्षीया किशोरीको उपचारका क्रममा आइतबर मृत्यु भएको छ । बसबरिया गाउँपालिका –२, मानपुर बस्ने महेन्द्र सहनीकी अविवाहित छोरी किरण कुमारीको उपचारका क्रममा आइतबार दिउँसो प्रोदेशिक अस्पताल जनकपुरमा मृत्यु भएको हो । 

किरण कुमारीले केही दिनअघि गाउँकै एक क्लिनिकमा पुगेर गर्भपतन गराउने औषधि खाएकी थिइन् । करिव ६ महिनाको गर्भ रहेकोमा गर्भपतनको औषधि खाएपछि अत्यधिक रक्तश्राव भई उपचारका लागि जेठ २१ गते राति २ बजेतिर उनलाई प्रादेशिक अस्पताल मलङ्गवामा लगिएको थियो । अवस्था थप जटिल बन्दै गएपछि मलङ्गवा अस्पतालले उनलाई जनकपुर रेफर गरेको थियो ।  

जेठ २३ गते शल्यक्रिया गरी करण कुमारीको गर्भबाट मृत अवस्थाको शिशु (छोरा) निकालियो । त्यसपछि पनि प्रादेशिक अस्पतालको आइसियू कक्षमा उपचाररत् किरण कुमारीको आइतबार दिउँसो मृत्यु भएको हो । 

किरण कुमारीको मृत्यु भएको भनी प्रादेशिक अस्पताल जनकपुरले जानकारी गराएको प्रादेशिक अस्पताल मलङ्गवाका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर नवलकिशोर झाले जानकारी दिए । १६ वर्षीया अविवाहित किशोरी कसरी गर्भवती भइन ? भन्ने प्रष्ट हुन सकेको छैन । 

प्रतिक्रिया दिनुहोस