aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

युएइ भारतमा चौथो ठूलो लगानीकर्ता बन्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २९ जेठ २०८०
युएइ भारतमा चौथो ठूलो लगानीकर्ता बन्यो

एजेन्सी । संयुक्त अरब इमिरेट्स (युएइ) पछिल्लो आर्थिक वर्ष २०२२(२३ मा भारतमा चौथो ठूलो लगानीकर्ताको रूपमा उभिएको छ। आधिकारिक तथ्यांकका अनुसार दुई देशबीच गत वर्ष मे महिनामा व्यापक स्वतन्त्र व्यापार सम्झौता लागू भएको थियो।

उद्योग तथा आन्तरिक व्यापार प्रवर्द्धन विभाग (डीपीआईआईटी) को तथ्यांकअनुसार युएईबाट भारतमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) अघिल्लो आर्थिक वर्षको १ अर्ब ३० करोड डलरको तुलनामा गत आर्थिक वर्षमा तीन गुणाले बढेर ३ अर्ब ३५ करोड अमेरिकी डलर पुगेको छ ।  सिङ्गापुर गत आर्थिक वर्षमा १७.२ बिलियन डलरको लगानीका साथ भारतमा सबैभन्दा ठूलो लगानीकर्ता थियो। यो पछि मौरिसस ६.१ बिलियन डलर र अमेरिका ६ बिलियन डलर थियो।

प्रतिक्रिया दिनुहोस