aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

अवैध रुपमा लैजान लागेको ९ हजारबढी अमेरिकी डलरसहित शेर्पा पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २९ जेठ २०८०
अवैध रुपमा लैजान लागेको ९ हजारबढी अमेरिकी डलरसहित शेर्पा पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका ९ स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लुकाई छिपाई अवैध रुपमा लैजान लागेको ९ हजार ४ सय १३ अमेरिकी डलरसहित दोलखा बिगु गाउँपालिका ७ स्थायी वतन भएका ३६ वर्षीय प्रेम नोर्बु शेर्पालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

नेपाल एयरलाईन्सको उडानद्वारा काठमाडौंबाट थाईल्याण्ड जान लागेका शेर्पालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड व्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा लुकाई छिपाई अबैध रुपमा बाहिरी मुलुकतर्फ लैजान लागेको अवस्थामा विभिन्न दरका उक्त अमेरिकी डलरसहित फेला पारी पक्राउ गरेको हो ।

उनलाई बरामद बिदेशी मुद्रासहित राजस्व अनुसन्धान विभाग हरिहरभवन ललितपुरमा पठाइएको छ

प्रतिक्रिया दिनुहोस