aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

मारवाड़ी युवा मंचद्वारा साइक्लोथोन कार्यक्रम सम्पन्न

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २९ जेठ २०८०
मारवाड़ी युवा मंचद्वारा साइक्लोथोन कार्यक्रम सम्पन्न

काठमाडौं । मारवाड़ी युवा मंच काठमाडौंले आयोजना गरेको “वातावरणको रक्षा हाम्रो दायित्व, हाम्रो प्रतिवद्धता” मूल नारा अंकित व्यानर र टि–सर्ट सहितको “साइक्लोथोन” कार्यक्रम सम्पन्न भएको छ । विश्व साइकल दिवस तथा विश्व वातावरण दिवसको अवसरमा शनिबार उक्त कार्यक्रमको आयोजना गरिएको थियो ।

कार्यक्रमको शुरुवात बसन्तपुर दरबार स्क्वायरमा काठमाडौं क्षेत्र नम्बर ८ का प्रतिनिधि सभा सदस्य विराज भक्त श्रेष्ठको प्रमुख आतिथ्यता, प्रदेश सभा सदस्य शैलेन्द्र बज्राचार्यको विशिष्ट आतिथ्यता एवं मारवाड़ी सेवा समिति नेपालका अध्यक्ष कैलाशचन्द्र गोयलको विशेष आतिथ्यतामा सम्पन्न भएको हो । 
उक्त कार्यक्रमको अध्यक्षता मारवाड़ी युवा मंचका अध्यक्ष शैलेन्द्र शर्माले गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठ , विशिष्ट अतिथि बज्राचार्य, मारवाड़ी सेवा समिति नेपालका अध्यक्ष गोयल, मारवाड़ी युवा मंचका अध्यक्ष शर्माले मन्तव्य राखेका थिए ।

उक्त कार्यक्रममा मारवाड़ी युवा मंच काठमाडौंको नयाँ लोगो पनि अनावरण भएको थियो । मंचका महासचिव प्रकाश कुमार केजरीवालले संचालन गरेको उक्त कार्यक्रममा मारवाड़ी सेवा समिति नेपालका उपाध्यक्ष नारायण बजाज, सचिवहरु संदीप माखरिया, मदन मित्तल, स्थायी विशेष आमन्त्रित सदस्य टिसी गर्गले साइकल सहित साइक्लोथोन कार्यक्रममा भाग लिएका थिए । 

त्यस्तै, मारवाड़ी महिला मंचकी अध्यक्ष अर्चना काबरा, सचिव माधुरी सेठीया, सह–कोषाध्यक्ष संगीता सिंघानीया,  गौ–धाम धार्केका संयोजक भवानी शंकर मिंडा, मारवाड़ी युवा मंचका निवर्तमान अध्यक्ष प्रवीण चैनवाला, मारवाडी युवा मंचका पदधिकारीहरु, कार्यसमिति सदस्य एवं सल्लाहकार, स्थायी विशेष आमन्त्रित सदस्यहरुको उल्लेख्य उपस्थितिमा ४ सय भन्दाबढी ले आ–आफ्नो साइकल सहित साइक्लोथोन कार्यक्रममा भाग लिएका थिए ।

कार्यक्रम पिसीपिएस कलेज कुपण्डोलमा पुगेर समापन भएको थियो । मारवाड़ी युवा मंचका कोषाध्यक्ष सूरज अग्रवाल (बंसल) को संयोजकत्वमा भएको उक्त कार्यक्रममा सहभागीहरुलाई मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।
 

प्रतिक्रिया दिनुहोस