aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

प्युठानको कार दुर्घटनामा ज्यान गुमाउने आठजना को–को हुन् ? (नामावलीसहित)

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ३० जेठ २०८०
प्युठानको कार दुर्घटनामा ज्यान गुमाउने आठजना को–को हुन् ? (नामावलीसहित)

काठमाडौं । प्युठानमा सोमबार भएको कार दुर्घटनामा ज्यान गुमाएका आज जनाकै पहिचान भएको छ । सोमबार स्वर्गद्वारी नगरपालिका(४ भि‌ं‌ग्रीस्थित सडक घुम्तीमा दुर्घटना हुँदा मृत्यु भएका सबैजनाको सनाखत भएको हो । 

उक्त दुर्घटनामा मृत्यु हुनेहरुमा घोराही उपमहानगरपालिका वडा नम्बर १५ तुलसीपुर चोकका ११ वर्षीय बालक शिशिर खनाल, सोही वडाको कोठरीकी ३४ वर्षीया सरिता शर्मा, उनका १४ वर्षीय छोरा विशाल र ९ वर्षे विकास रहेका छन् । 

त्यसैगरी, गढवा गाउँपालिका ७ का ४० वर्षीय गोविन्द शाह, उनकी ३० वर्षीया श्रीमती राधा नेपाली र छोरा ९ वर्षीय छोरा आदित्य शाह र कारचालक लमही नगरपालिका– ५ का ४९ वर्षीय तारा कुमालको पनि मृत्यु भएको छ ।

स्वर्गद्वारी मन्दिर दर्शन गरी दाङतर्फ आउँदै गरेको लु १ च ६३४५ नम्बरको कार स्वर्गद्वारी नगरपालिका–४ भिंग्रीको घुम्तीमा दुर्घटनामा परेको थियो ।

प्रतिक्रिया दिनुहोस