aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

एकसय वटा विद्यालयलाई स्पष्टीकरण सोध्ने महानगरपालिकाको तयारी, चित्त नबुझे खारेज गर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ३० जेठ २०८०
एकसय वटा विद्यालयलाई स्पष्टीकरण सोध्ने महानगरपालिकाको तयारी, चित्त नबुझे खारेज गर्ने

काठमाडौं । काठमाडौं महानगरभित्र सञ्चालित सय वटा संस्थागत विद्यालयले छात्रवृत्ति विवरण नबुझाएपछि ती विद्यालयलाई कामपाले लिखित स्पष्टीकरण सोध्ने तयारी गरेको छ । कामपाले पाँच दिनको म्याद दिएर यही २३ गते छात्रवृत्ति विवरण बुझाउन सूचना जारी गरेको थियो ।

महानगरको सूचनाअनुसार अस्ति आइतबार ५ दिने म्याद सकिएको थियो । म्याद सकिएको भोलिपल्ट हिजो विवरण बुझाउने विद्यालयको संख्या गणना गरेको थियो । ‘कामपाभित्र ५ सय ४ विद्यालय छन् तीमध्ये अझै सय वटाले विवरण बुझाएका छैनन्,’ कामपा शिक्षा विभाग प्रमुख सीताराम कोइरालाले भने । 

उनका अनुसार ३ सय ४२ मध्ये एक सयले विवरण बुझाएका छैनन् । विवरण नबुझाउने विद्यालयमाथि महानगरले कारबाही प्रक्रिया अघि बढाउने बताएको छ । ‘पहिलो चरणमा छात्रवृत्ति विवरण नबुझाउने तपाइको विद्यालयलाई किन कारबाही नगर्ने बेहोराको पत्र बुझाउनेछौं, चित्तबुझ्दो उत्तर नआएमा सम्बन्धन खारेजी प्रक्रियामा जानेछौं,’विभाग प्रमुख कोइरालाले भने ।

प्रतिक्रिया दिनुहोस