aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

पुलबाट चिप्लिएका एक युवा नदीमा बेपत्ता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ३० जेठ २०८०
पुलबाट चिप्लिएका एक युवा नदीमा बेपत्ता

काठमाडौं । जुम्लाको तिला गाउँपालिकामा अवस्थित एक नवनिर्मित पुलबाट चिप्लिएका युवा नदीमा बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी धर्मराज जोशीले दिएको जानकारी अनुसार तिला–६ घोडे गाउँका कर्णबहादुर रोकायाका छोरा अन्दाजी १७ वर्षका मोहन रोकाया बेपत्ता भएका हुन् । 

तिला–१ रारालिही बजारबाट घर जाने क्रममा उनी चिप्लिएका थिए । चामलको बोरा लिएर तिला नदि तर्ने क्रममा पुलबाट चिप्लिएर बेपत्ता भएका हुन । प्रहरी र स्थानीयले अहिले उनको खोजिकार्य गरिरहेको छ । तिला नदिको धमिलो भएकोले खोज्न समस्या भएको सूचना अधिकारी जोशीले बताए । यस घटनाको सम्बन्धमा नाग्म प्रहरीलाई पनि खवर गरिएको छ ।

प्रतिक्रिया दिनुहोस