aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

जुवाको हिसाब राखेको कपीसहित १३ जना पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ३० जेठ २०८०
जुवाको हिसाब राखेको कपीसहित १३ जना पक्राउ

काठमाडौं । जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका ११ भोटेवहाल शान्तिमार्ग बस्ने शेर बहादुर शेरचनको घरमा जुवातास खेलिरहेको अवस्थामा बाग्लुङ ढोरपाटन नगरपालिका १ घर भई सोही महानगरपालिका ११ डेरा गरी बस्ने ५२ वर्षीय दिनेश शेरचनसहित १३ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ६७ हजार रूपैयाँ, १६ बुक तास, जुवा खेल्न प्रयोग भएको विभिन्न रङ्को कोईन १ सय १९ थान र जुवाको हिसाब राखेको कपीसहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस