काठमाडौं । नेपाल विज्ञापन संघ आनको ३३ औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ । उक्त सभा मंगलबारसंघको केन्द्रीय कार्यालय शान्तिनगरमा ‘सृजनसिल र मर्यादित विज्ञापन बजार उद्योग व्यवसायको दरिलो आधार भन्ने नाराका साथ सम्पन्न भएको हो ।
वार्षिक उत्सवको अवसरमा संघले प्रभात फेरीसहित ४६ पिन्ट रक्तदान गरी कार्यक्रम पनि मनाएको छ । शान्तिनगरबाट सुरु भएको प्रभात फेरी कार्यक्रम शहरका विभिन्न क्षेत्रलाई परिक्रमा गरी पुनः केन्द्रीय कार्यालय शान्तिनगरमा आई कोण सभामा परिणत भएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै संघका अध्यक्ष सोमप्रसाद धितालले सृजनसिल र मर्यादित विज्ञापन बजारले नै सम्पूूर्ण संचार माध्यम,विज्ञापनदाता र विज्ञापनकर्मीको हित हुने बताए ।
संघका वरिष्ठ उपाध्यक्ष नारायण कुमार श्रेष्ठ र कार्यक्रम संयोजक कृष्णमुरारी लामिछानेले कार्यक्रमलाई सम्बोधन गरेका थिए । कार्यक्रममा वरिष्ठ कलाकार, पत्रकार, विज्ञापनदाता र विज्ञापनकर्मीहरुको उल्लेखनिय सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस