aarthiknews.com शनिबार, २५ जेठ २०८२   Saturday, 07 June, 2025
 

छठसम्म सवारी साधनलाई रुट परमिट नचाहिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०५ असोज २०७६
छठसम्म सवारी साधनलाई रुट परमिट नचाहिने

काठमाडौँ ।  यस वर्षको दशैं, तिहार, छठलगायतका चाडपर्वका अवसरमा मुलुकभर नै सवारी साधनहरूको रुट इजाजत खुला हुने भएको छ । सीमित रुट इजाजत पाएका सवारी धनीले यस वर्षको चाडपर्वमा मुलुकभर आफ्नो सवारी साधन चलाउन पाउने भएका छन्।

चाडपर्वका अवसरमा बिनारोकटोक र झन्झटबिना सवारी धनीले आफ्नो सवारी साधन मुलुकका जुनसुकै कुनामा पनि गुडाउन पाउने र चाडपर्वको आनन्द लिऊन् भन्ने उद्देश्यसहित दशैं, तिहार र छठको समयमा मुलुकभर सवारी साधनहरूको रुट इजाजत खुला गरिने यातायात व्यवस्था विभागले जनाएको छ।

विभागका महानिर्देशक गोगनबहादुर हमालले यो वर्ष चाडपर्वको समयमा सवारी साधनको रुट इजाजत खुला गरिनेबारे
गृहकार्य भइरहेको जानकारी दिनुभयो । उहाँले दशैं, तिहार गरी एक महिनासम्म सवारी साधनलाई मुलुकभर रुट इजाजत खुला गरिने जानकारी दिनुभयो। सरकारको यो। निर्णयसँगै एउटा रुट अनुमति पाएको सवारी। साधनले बिनारोकटोक र अवरोध मुलुकका जुनसुकै रुटमा चलाउन पाउने छन्। यो समाचर गोरखापत्र दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस