aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ३१ जेठ २०८०
लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

बुटबल  । लुम्बिनी प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । प्रदेशसभामा दुईदिनसम्म भएको छलफलमा आज बसेको दसौँ बैठकले नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो ।

मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रदेश सरकारको तर्फबाट प्रदेशसभासमक्ष आर्थिक वर्ष २०८०र८१ को नीति तथा कार्यक्रम पारित गर्न प्रस्ताव पेश गराएका थिए । सभामुख तुलाराम घर्तीले सरकारको प्रस्ताव सदनसमक्ष निर्णयार्थ पेश गर्दा ध्वनि मतको आधारमा नीति तथा कार्यक्रम पारित भएको हो । 

यसअघि नीति तथा कार्यक्रममा प्रदेशसभामा सत्तापक्ष सांसदले नीति तथा कार्यक्रमको बचाउमा उत्रिए भने सत्ता बाहिर रहेका दलका सदस्यले भने आलोचना गरेका थिए । आजको बैठकमा नीति तथा कार्यक्रममाथि पाँचजना प्रदेश सदस्यले संशोधन प्रस्ताव दर्ता गराएका थिए । उक्त संशोधन प्रस्ताव बहुमतले अस्वीकृत गरेको छ ।

नीति तथा कार्यक्रममाथि एमालेका प्रदेशसभा सदस्यले संसोधन प्रस्ताव दर्ता गराएका थिए । एमालेका प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठ, विष्णुप्रसाद पन्थी, अर्जुनकुमार केसी, रत्नबहादुर खत्री, वसन्ती न्यौपानेले संशोधन प्रस्ताव दर्ता गराएका थिए । 

प्रदेशसभाको आजको बैठकमा आर्थिक मामिलामन्त्री धनबहादुर मास्कीले आर्थिक वर्ष २०७९र८० को आर्थिक सर्वेक्षण प्रस्तुत गरेका थिए । प्रदेशसभाको आगामी ११ औँ बैठक असार १ गते ३ बजे बस्ने छ । 

प्रतिक्रिया दिनुहोस