aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

कोशी प्रदेश मन्त्रिपरिषद् बैठक–वार्षिक नीति तथा कार्यक्रम स्वीकृत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ३१ जेठ २०८०
कोशी प्रदेश मन्त्रिपरिषद् बैठक–वार्षिक नीति तथा कार्यक्रम स्वीकृत

विराटनगर । कोशी प्रदेश मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०र८१ वार्षिक नीति कार्यक्रम छलफलका लागि स्वीकृति गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा मंगलबार साँझ बसेको बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवं उद्योग, कृषि तथा सहकारीमन्त्री भक्तिप्रसाद सिटौलाले जानकारी दिए ।
    
यस्तै बैठकले प्रदेश प्रमुख पर्शुराम खापुङलाई प्रदेश सरकारको वार्षिक नीति कार्यक्रम प्रदेशसभाको चालु अधिवेशन यही जेठ ३१ गते दिनको १ बजे सम्बोधन गरी प्रस्तुत गर्न अनुरोध गर्ने निर्णय गरेको छ । प्रदेश प्रमुखको प्रदेशसभामा हुने नीति तथा कार्यक्रम सम्बोधनको आवश्यक सम्पूर्ण व्यवस्था मिलाउनका लागि  प्रदेशसभालाई अनुरोध गर्ने निर्णय भएको प्रवक्ता सिटौलाले बताए ।

प्रतिक्रिया दिनुहोस