aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

फोर्ब्स ग्लोबलद्वारा विश्वभरीका कम्पनीको सूची सार्वजनिक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ३१ जेठ २०८०
फोर्ब्स ग्लोबलद्वारा विश्वभरीका कम्पनीको सूची सार्वजनिक

एजेन्सी ।  फोर्ब्सले २०२३ का लागि विश्वका शीर्ष २,००० कम्पनीहरूको सूची जारी गरेको छ। भारतका अर्बपति व्यापारी मुकेश अम्बानीको रिलायन्स इन्डस्ट्रिज लिमिटेड फोर्ब्सको पछिल्लो ‘ग्लोबल २०००’ सूचीमा ८ स्थान माथि ४५औँ स्थानमा पुगेका छन । यो सूचीमा समावेश गरिएको कुनै पनि भारतीय कम्पनीको तुलनामा यो उच्च स्थान हो। यो सूचीमा कुल ५५ भारतीय कम्पनीहरु परेका छन् ।

फोर्ब्सले सन् २०२३ का लागि विश्वका उत्कृष्ट २ हजार कम्पनीको सूची सार्वजनिक गरेको छ । अर्बपति व्यापारी मुकेश अम्बानीको रिलायन्स इन्डस्ट्रिज लिमिटेड फोर्ब्सको पछिल्लो ‘ग्लोबल २०००’ सूचीमा ८ स्थान माथि ४५औँ स्थानमा पुगेको छ । यो सूचीमा समावेश गरिएको कुनै पनि भारतीय कम्पनीको तुलनामा यो उच्च स्थान हो। यो सूचीमा कुल ५५ भारतीय कम्पनीहरु परेका छन् ।

यस सूचीमा भारतीय स्टेट बैंक ७७औं स्थानमा(२०२२ मा १०५औं स्थानमा), ज्म्ँऋ बैंक १२८औं स्थानमा (२०२२ मा १५३औं स्थानमा) र आइसीआईसीआई बैंक १६३औं स्थानमा (२०२२ मा २०४ औं  स्थानमा) छन्।

ओएनजीसी २२६औं , एलआईसी ३६३औं , टीसीएस ३८७औं , एक्सिस बैंक ४२३औं , एनटीपीसी ४३३औं, लार्सन एन्ड टुब्रो ४४९औं, भारती एयरटेल ४७८औं , औं टक महिन्द्रा बैंक ५०२औं, इन्डियन आयल कर्पोरेशन ५४०औं र इन्डिया बैंक ५४०औं  स्थानमा छन् । यो सूचीमा बडोदा ५८६ औं स्थानमा छ।

अन्तराष्ट्रिय मिडियाको अनुसार रिलायन्स इन्डस्ट्रिज १०९.४३ अर्ब अमेरिकी डलरको बिक्री र .अर्ब अमेरिकी डलर नाफासहित ४५औं स्थानमा रहेको छ । रिलायन्स इन्डस्ट्रिजको व्यापार तेलदेखि दूरसञ्चार क्षेत्रमा फैलिएको छ। यस सूचीमा जर्मनीको बीएमडब्लू समूह, स्विट्जरल्याण्डको नेस्ले, चीनको अलिबाबा समूह, अमेरिकी प्रोक्टर एन्ड ग्याम्बल र जापानको सोनीभन्दा रिलायन्स इन्डस्ट्रिज अगाडि छन ।


 

प्रतिक्रिया दिनुहोस