aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

होटलमा जुवातास खेलिरहेका २२ जना डेढ लाख नगदसहित पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ३१ जेठ २०८०
होटलमा जुवातास खेलिरहेका २२ जना डेढ लाख नगदसहित पक्राउ

काठमाडौं । जुवातास खेलिरहेका २२ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले भक्तपुर, लमजुङ र तेह्थुम गरी तीन जिल्लाबाट जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले एक लाख ७८ हजार ५८१ रुपैयाँ नगद सहित ८ बुक ताससहित उनीहरुलारुई पक्राउ गरेको हो ।  

भक्तपुरको सूर्यबिनायक नगरपालिका १ सिरुटार बिरुवा बसपार्कस्थित पार्किङमा राखेको बाप्र ०१–००६ ख १५१८ नम्बरको बसमा जुवातास खेलिरहेको अवस्थामा  सिन्धुपाल्चोक मेलम्ची नगरपालिका ३ बस्ने २३ वर्षीय जिवन अर्यालसहित ९ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ  ।

विशेष सूचनाको आधारमा प्रहरी प्रभाग सिरुटारबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७२ हजार ५ सय ४५ रूपैयाँ र २ बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।

त्यस्तै लमजुङको दोर्दी गाउँपालिका ४ नौथर सेरास्थित ए वन होटलमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने २९ वर्षीय कुमार राना समेत ७ जना पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय लमजुङ र प्रहरी चौकी श्रीभञ्ज्याङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७६ हजार ६ सय ३५ रूपैयाँ र ३ बुक ताससहित फेला पारी मंगलबार पक्राउ गरेको हो ।

त्यसैगरी, तेह्रथुमको आठराई गाउँपालिका १ फाल्गुनन्द चोकस्थित पाथिभारा भ्यू होटलमा जुवातास खेलिरहेको अवस्थामा सोही गाउँपालिका ६ चुहानडाँडा बस्ने ३५ वर्षीय लोक नारामान कन्दङ्वासहित ६ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय आठराईबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २९ हजार २ सय १ रूपैयाँ र ३ बुक ताससहित फेला पारी पक्राउ गरको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस