aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

नेपाल मेडिकल कलेजको ओपिडी सेवा बन्द

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ३१ जेठ २०८०
नेपाल मेडिकल कलेजको ओपिडी सेवा बन्द

काठमाडौं । नेपाल मेडिकल कलेज प्रालि शिक्षण अस्पतालको ओपिडी सेवा बन्द गरिएको छ । अस्पतालमा केहि समूहबाट तोडफोड गर्ने कार्य भएकोले ओपिडी सेवा बन्द गर्नु परेको अस्पतालले जनाएको छ । 

अस्पतालमा उपचारको क्रममा यही जेठ २८ गते भर्ना भई उपचाररत गोकर्णेश्वर नगरपालिका माकलवारी निवासी वर्ष ७१ का सुवर्ण कुमार धितालका विषयलाई लिएर विवाद उत्पादन भएको थियो । केही उत्तेजित भिडबाट मंगलबार साँझको समयमा अस्पताल परिसरमा नाराजुलुस, हुल हुज्जत गरी अस्पताल तोडफोड जस्ता अवाञ्छित क्रियाकलाप गरेका थिए । 

अस्पतालमा कार्यरत चिकित्सकीय सेवा प्रदायक चिकित्सक तथा अन्य कर्मचारीहरूलाई कुटपिट समेत गरिएको अस्पतालले जनाएको छ । अस्पताल सुचारु हुन नदिई सेवा अवरुद्ध गरी शान्ति सुरक्षामा बाधा पारेको कारण नियमित अस्पताल सेवा सञ्चालन हुन नसक्ने अवस्था भएको अस्पतालले सूचना जारी गर्दै यस्तो जनाएको छ । 

तत्काल यस्ता अवाञ्छित तत्त्वहरूलाई नियन्त्रणमा लिई कारबाही गर्न समेत अस्पतालले माग गरेको छ । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षाको प्रत्याभूति नभएसम्म अस्पतालको इमरजेन्सी बाहेक सम्पूर्ण ओपिडी सेवा अर्को सुरु नगरिने अस्पतालको अडान रहेको छ । 

 

प्रतिक्रिया दिनुहोस