aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

सत्तरी हजार घुससहित वडाअध्यक्ष र वडा सचिव पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ३१ जेठ २०८०
सत्तरी हजार घुससहित वडाअध्यक्ष र वडा सचिव पक्राउ

काठमाडौं । धनुषा जिल्लाको नगराइन नगरपालिका वडा नं २ का वडाअध्यक्ष बुलन यादव रु ७० हजार घुससहित पक्राउ परेका छन् । आज वडाअध्यक्षसहित सोही वडाका सचिव अमृतनारायण मिश्र पनि घुससहित पक्राउ परेका हुन् । वडाअध्यक्ष यादव र वडा सचिव मिश्रले सडक निर्माण कार्य सम्पन्न सिफारिस गरिदिएबापत सेवाग्राहीसँग घुस÷रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासले पक्राउ गरेको हो । 

दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालका अनुसार सेवाग्राहीबाट रु ७० हजार घुस लिइसकेको अवस्थामा घुस रकमसहित नगराइन चोक धनुषाबाट नियन्त्रणमा लिइएको हो । उहाँका अनुसार उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस