नुवाकोट । नुवाकोटको पर्यटकिय ककनी गाउँपालिकाका वडाध्यक्षको निधन भएको छ । ककनी–२ का वडाध्यक्ष ४४ वर्षीय तीलकबहादुर लामाको उपचारका क्रममा निधन भएको हो ।
मधुमेह र मिर्गौलाका विरामी लामाको काठमाडौंको धापासीस्थित ग्राण्डी अस्पतालमा निधन भएको हो । मिर्गौला प्रत्यारोपणको तयारीमा रहेको बेला मधुमेह र रक्तचाप नियन्त्रण हुन नसक्दा उनको निधन भएको हो ।
उनी गत २०७९ वैशाख ३० गते भएको स्थानीय तह सदस्य निर्वाचनमा नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएका थिए । ककनी गाउँपालिका रानीपौवाले दिएको जानकारीअनुसार निधन भएका लामाको बुधबार बेलुकी नै अन्तिम संस्कार गरिएको छ । उनको पार्थिव शरीरमा अर्थमन्त्री प्रकाशशरण महतले झण्डा ओढाएर श्रदाञ्जली व्यक्त गरेका थिए ।
प्रतिक्रिया दिनुहोस