aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

बढी लिएको पैसा मेडिकल कलेजले फिर्ता गर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०५ असोज २०७६
बढी लिएको पैसा मेडिकल कलेजले फिर्ता गर्ने

काठमाडौँ । विद्यार्थीसँग लिएको बढी शुल्क फिर्ता गर्न चितवन मेडिकल कलेज सहमत भएको छ । चितवनका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा शनिबार जिल्ला प्रशासन कार्यालयमा कलेजका विद्यार्थी, अभिभावक, फ्याकल्टी र व्यवस्थापन पक्षबीच भएको छलफलमा यस्तो सहमति भएको हो ।

त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) ले तोकेभन्दा बढी शुल्क चितवन मेडिकल कलेजले लिएको भन्दै विद्यार्थी आन्दोलनमा उत्रिएका थिए ।

विद्यार्थी आन्दोलनमा उत्रिँदा पठनपाठन प्रभावित भएको थियो । सहमतिपछि विद्यार्थीले आन्दोलनका कार्यक्रम स्थगित गर्ने र आइतबारदेखि पठनपाठन सुरु गर्ने निर्णय गरिएको छ । यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस