काठमाडौं । मकवानपुरमा करेन्ट लागेर दुईजनाको ज्यान गएको छ । जिल्लाको बकैया गाउँपालिका–८ तल्लो बिरेफाँटमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले दिएको जानकारी अनुसार स्थानीय ६० वर्षीय खर्कबहादुर थिङ र ५० वर्षीय पुर्णबहादुर लो करेन्ट लागेर मृत्यु भएको छ ।
बुधबार दिउँसो स्थानीय जितबहादुर बम्जनको मकै बारीमा लत्रिएको बिजुलीको नाङ्गो तारलाई पोल गाडेर उठाउन खाडल खन्ने क्रममा खन्तीले तारलाई छुँदा स्थानीय खर्कबहादुर र पूर्णबहादुर घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस