aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

अवैध औषधि पसल चलाउने ९ जना भारतीय पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ३२ जेठ २०८०
अवैध औषधि पसल चलाउने ९ जना भारतीय पक्राउ

काठमाडौं । कञ्चनपुरको दोधाराचाँदनीमा अवैध रूपमा औषधि पसल सञ्चालन गर्ने ९ भारतीय नागरिक पक्राउ परेका छन् । 

दोधाराचाँदनी नगरपालिकाभित्र अवैध रूपमा औषधि पसल सञ्चालन गरेर औषधि बिक्री वितरण गर्दैआएका ९ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक भरतराज गिरीले जानकारी दिए ।

‘९ भारतीय नागरिकलाई औषधिसहित नियन्त्रणमा लिएका छौं,’ उनले भने, ‘उनीहरूमाथि अनुसन्धान गरी कारबाहीका लागि स्वास्थ्य विभाग पठाउँछौं ।’

पक्राउ पर्नेमा भारतको उधमसिंह नगरका सञ्जय विश्वास, कार्तीक सरदार, रवि विश्वास तथा भारत पिलिभितका ४६ वर्षीय राजेश विश्वास, ४५ वर्षीय सन्तोष सरकार, ४४ वर्षीय सुधान्सु हल्दार, र भुपेन्द्र पुरी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस