काठमाडौं । भारतको सबैभन्दा ठूलो पेय पदार्थ कम्पनी पार्ले एग्रोले आफ्नो नयाँ पेय ‘बि फिज’ नेपाली बजारमा ल्याएको छ । स्याउको स्वादमा अद्वितीय र स्फूर्तिदायी यो माल्ट स्वादयुक्त कार्बोनेटेड पेय नेपालमा पहिलो पटक प्रस्तुत गरिएको हो ।
‘बि फिज’ नयाँ स्पार्कलिङ फ्रुट ड्रिङ्क हो । यो वर्ष पार्ले एग्रोले नेपालमा एप्पि फिज प्रस्तुत गरेको थियो भने अब कम्पनिले ‘बि फिज’ बाट कार्बोनेटेड पेय पदार्थमा नयाँ क्रान्ति ल्याउने कम्पनीको दाबी छ । यो पेय पदार्थ माल्ट स्वादमा भएका कारण बियरको स्वादसँग पारङ्गत परिपक्व जनमानसका लागि पनि उत्तिकै रोमान्चक स्वादमा प्रस्तुत भएको छ ।
पार्ले एग्रोकी प्रबन्ध निर्देशक तथा सिएमओ नादिया चौहानले पार्ले एग्रो आफ्ना उपभोक्ताहरूका लागि अनुभवहरू बढाउन सधैं अगाडि रहने दाबी गरे । उनले अगाडी भने, ‘हामी नयाँ आयामहरू प्रस्तुत गर्न तत्पर छौं, त्यसैले उपभोक्ताहरूलाई नयाँ स्वाद र नयाँ अनुभवहरूसँग परिचय गराउने प्रयास गर्छौं । ३० रुपैयाँबाट यसको मूल्य सुरु गरेर हामी झन् धेरै उपभोक्तासमक्ष पुग्ने प्रयासमा छौं ।’
प्रतिक्रिया दिनुहोस