ललितपुर । लेनदेन(विगो) मुद्दाका फरार प्रतिवादी ललितपुर महानगरपालिका–१ कुपण्डोल बस्ने ४७ वर्षीय विद्या सुषण भण्डारीलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत काठमाडौंको २०७८ वैशाख ३ गतेको फैसलाले लेनदेन (विगो) मुद्दामा १ वर्ष कैद सजाय ठहर भई फरार रहेका उनलाई प्रहरीले ललितपुर महानगपालिका–१ कुपण्डोलबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौं पठाइएको छ ।
प्रतिक्रिया दिनुहोस