aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

तीन दिनसम्म चल्न पर्ने शैक्षिक मेला पहिलो दिन नै बन्द

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ३२ जेठ २०८०
तीन दिनसम्म चल्न पर्ने शैक्षिक मेला पहिलो दिन नै बन्द

काठमाडौं ।  शैक्षिक मेला काठमाडौं महानगरपालिकाले बन्द गराएको छ । भृकुटीमण्डपमा आजदेखि सुरु भएकोमा बन्द गराएको हो । महानगरको शिक्षा विभाग अधिकारीहरुसहित भृकुटीमण्डपमा पुगेका महानगर प्रहरीहरुले त्यहाँका स्टल हटाइ नगर प्रहरी परिचालन गराएको थियो ।  

प्रक्रिया पूरा नगरी उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान)ले मेला सञ्चालन गरेको भन्दै महानगरले मेलामा राखिएका स्टलहरु हटाएको काठमाडौं महानगरले जनाएको छ । एसईई र कक्षा १२ को नतिजा कुरेर बसेका विद्यार्थी अभिभावकलाई लक्षित गरेर राखिएको हिसान मेला अनधिकृत रुपमा सञ्चालन भएको महानगरले जनाएको छ।
 

प्रतिक्रिया दिनुहोस