aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

केएल दुगड समूहद्वारा रक्तदान कार्यक्रम सम्पन्न

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ३२ जेठ २०८०
केएल दुगड समूहद्वारा रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौं । केएल दुगड समूहले विश्व रक्तदाता दिवसको अवसर पारेर रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । उक्त समूह अन्तर्गतका काठमाडौं कर्पोरेट अफिस तथा विराटनगर, वीरगन्ज र नेपालगन्जका कार्यालयहरूमा रक्तदान कार्यक्रम सम्पन्न गरिएको थियो । 

उक्त समूह अन्तर्गत कार्यरत कर्मचारीहरूद्वारा नै रक्तदान गरिएको थियो । काठमाडौं, विराटनगर, वीरगन्ज र नेपालगन्ज कार्यालय गरी कुल ११६ कर्मचारी द्वारा रक्तदान गरी ११६ पाइन्ट रगत सङ्कलन गरिएको थियो । विश्व रक्तदाता दिवस २०२३ को मुख्य नारा “रगत दिनुहोस्, प्लाज्मा दिनुहोस्, जीवन बाँड्नुहोस्, बारम्बार बाँड्नुहोस्” मा केन्द्रित रही यस समूहले विश्व रक्तदाता दिवस रक्तदान गरी मनाएको थियो । 

यस केएल दुगड समूहले यस्ता किसिमका सामाजिक कार्य विगतमा पनि गर्दै आइरहेको छ ।  

 

प्रतिक्रिया दिनुहोस