aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

आजदेखि काठमाडौं आउँदा र जाँदा नयाँ बसपार्क नै पुग्नुपर्ने, रिङरोडका टिकट काउण्टर बन्द

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०१ असार २०८०
आजदेखि काठमाडौं आउँदा र जाँदा नयाँ बसपार्क नै पुग्नुपर्ने, रिङरोडका टिकट काउण्टर बन्द

काठमाडौं । काठमाडौं महानगरपालिकाले आजदेखि रिङरोडका टिकट काउण्टर चलाउन नदिने भएको छ । काठमाडौं उपत्यका बाहिर चल्ने बस, जीप तथा माइक्रो बस गोंगबुस्थित नयाँ बसपार्कबाहेक अन्त रोक्न निषेध गरेको महानगरपालिकाले रिङरोडमा राखिएका टिकट काउण्टर र त्यसको बोर्डहरु पनि हटाउने निर्णय गरेको हो । 

महानगरपालिकाले बिहीबार नै आजदेखि रिङरोडका बोर्डहरु हटाउने निर्णय गरेको थियो । 

महानगर प्रहरी प्रमुख राजु अर्यालले उपयुक्त स्थानहरूमा व्यवस्थित टिकट बुकिङ कार्यालय स्थापना गरिने पनि बताएका छन् । त्यसका लागि कार्यदल गठन गरिएको छ ।

यातायात व्यवसायीहरुले बसपार्कमा मात्र सवै यात्रुबाहक सवारी साधन केन्द्रीत गर्दा भीडभाड अत्याधिक बढ्ने भन्दै वैकल्पिक व्यवस्था गर्न माग गर्दै आएका छन् । महानगरपालिकाको यस्तो निर्णयले कलंकी हुँदै बसपार्कमा पुगेर यात्रुले फेरि लोकल बस चढेर कलंकी नै फर्किनु पर्ने वाध्यता हुने व्यवसायीको भनाइ रहेको छ । 

प्रतिक्रिया दिनुहोस