
भरतपुर । १३ ब्रह्मपुरीका अभिषेक सुनारलाई संविधानले प्रदान गरेको मौलिक हक प्रदान भन्दागर्नु वडालाई बालमैत्री वडा घोषणा गर्ने विषय स्थानीय सरकारको प्राथमिकतामा परेको छ । यसअघि ११ जेठमा नयाँ पत्रिकामा ‘१३ वर्षीय बालकको दर्दनाक दैनिकी, उपचार अभावमा चार वर्षदेखि घरभित्रै दाम्लोमा’ शीर्षकको समाचार प्रकाशन भएको थियो ।
समाचारसँगै अटिजम केयर चितवन सोसाइटीमार्फत संचालन गरिएको अपांगता समावेशी विकासका लागि समावेशी शिक्षा परियोजनाले अभिषेकको जन्मदर्ता बनाउने र उनलाई सरकारबाट प्राप्त हुने अपांगताको भत्ता प्राप्तीको लागी परिचय पत्रसँगै बैंकीङदेखि सबै प्रक्रिया पुरा गर्न सहजीकरण गरिदिएको छ ।
यद्धपी अभिषेकलाई दाम्लोबाट मुक्त बनाउन कसैबाट पनि ठोस पहल भएको छैन् । भरतपुर महानगरपालिका उनको अभिभावक बन्नु पर्ने ठाउँमा बेखबर जस्तै भएर भरतपुर महानगरपालिकाकै समन्वयमा हिमालयन लाईफ चितवनको सहकार्यमा शुक्रबार विहान भरतपुर १३ लाई बालमैत्री वडा घोषणा गरिदैँछ ।
त्यसका लागि वडाका मुख्या प्रवेश द्धारमा ‘बालमैत्री वडामा प्रवेश गर्नु भएकोमा यहाँहरुलाई हार्दिक स्वागत गर्दछौँ’ भनेर ठुलाठुला बोर्डहरु राखिएको छ । कार्यक्रममको घोषणा गर्न भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र उप प्रमुख चित्रसेन अधिकारी स्वयं आउने तयारीमा छन् ।
तर, महानगरमै बसे पनि गरिब भएकै कारण उपचार नपाएका अभिषेक शारीरिक र मानसिक अवस्था बिग्रिँदै जाँदा चार वर्षभन्दा बढी समयदेखि अँध्यारो कोठामा बन्धक छन् । उनलाई दाम्लोले बाँधिएको छ । हिँड्न नसक्ने उनी अहिले शारिरीक र मानसिक रोगबाट समेत पीडित छन् । दिसापिसाब गर्न पनि अरूकै सहारा चाहिन्छ ।
अभिषेकको आमा संगीता सुनारले परिवार छाडेर गएकी छिन् भने बुबा धर्मराजले पनि अर्को बिहे गरेर बसेका छन् । धर्मराज अहिले रोजगारीका लागि गोरखामा छन । अभिषेक हजुरआमा सुकुमाया र हजुरबा मैते सुनारको रेखदेखमा छन् । नयाँ पत्रिका
प्रतिक्रिया दिनुहोस