काठमाडौं । एमभी दुगड ग्रुपका अध्यक्ष मोतीलाल दुगड अमेरिकाको मेरिल्याण्ड राज्यसभाद्धारा कदर स्वरुप सम्मानित भएका छन् । लामो समयदेखि नेपालको आर्थिक समृद्धि तथा रोजगारी सृजनामा उनले गरेका योगदानको लागि सम्मान गरिएको जनाईएको छ ।
दुगड परिवारको व्यावसायिक यात्रालाई अझ समृद्ध र सबल बनाउँदै एमभी दुगड ग्रुप अन्तर्गत दर्जनौं उद्योग, फर्म तथा कम्पनीहरु मार्फत नेपालको उद्योग तथा व्यवसायको उत्थानमा लागि रहेका मोतीलाल दुगड एमभी दुगड ग्रुपको कार्यकारी अध्यक्ष हुन् ।
नेपालको बैंकिङ्ग, लाइफ इन्सुरेन्स, जेनरल इन्सुरेन्स, जलविद्युत, कमर्सियल गाडी, कृषि सम्बन्धि उपकरण, निर्माण उपकरण लगायत आयात तथा बेचविखन कार्य गरिरहेको यो समुह नेपालको एक चिरपरिचित व्यावसायिक समूह हो । उनी विभिन्न सामाजिक तथा परोपकारी कार्यहरुमा समेत संलग्न रहँदै विभिन्न संस्थाहरुमा पनि आवद्ध छन् ।
प्रतिक्रिया दिनुहोस