
काठमाडौं । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि बजेट भाषण गरेको छ । आगामी आर्थिक वर्षका लागि कर्णाली सरकारले २०८०र०८१ को लागि ३३ अर्ब ३७ करोड ९७ लाख ७ हजार विनियोजन गरेको छ । शुक्रबार प्रदेश सरकारका अर्थमन्त्री बेदराज सिंहले ३३ अर्ब ३७ करोड ९७ लाख ७ हजारको बजेट विनियोजन गरेका हुन् ।
यस्तै चालूतर्फ ९ अर्ब २० लाख २४ हजार र पुँजीगततर्फ १९ अर्ब ९७ करोडठ ७२ लाख ४३ हजार बजेट विनियोजन गरिएको छ । बजेटमा स्थानीय तहको वित्तिय हस्तान्तरणमार्फत ४ अर्ब ८० करोड ४ लाख ४० हजार विनियोजन गरिएको छ ।
कर्णाली प्रदेश सरकारले भौतिक पूर्वाधार, यातायात र शहरी विकासका क्षेत्रमा १० अर्ब ११ करोड ४२ लाख बजेट विनियोजन गरेको छ । कर्णालीका आर्थिक मामिला तथा योजनामन्त्री सिंहले आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्दै उक्त जानकारी दिएका हुन् ।
कर्णाली प्रदेश रंगशाला निर्माण सम्पन्न गर्न ८५ करोड रुपैयाँ, कर्णाली समिति परियोजनाको लागि १ अर्ब ५० करोडरुपैयाँ , महिला स्वास्थ्य स्वयंसेविकालाई वार्षिक १० हजार रकम प्रोत्साहन भत्ता, अस्पताल सुर्खेतको तला थप गर्न ५५ करोड ५६ लाख विनियोजन गरिएको छ ।
प्रतिक्रिया दिनुहोस