aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

गण्डकीमा अघिल्लो वर्षभन्दा डेढ अर्ब कमको बजेट सार्वजनिक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०१ असार २०८०
गण्डकीमा अघिल्लो वर्षभन्दा डेढ अर्ब कमको बजेट सार्वजनिक

काठमाडौं । गण्डकी प्रदेश सरकारले गत वर्षकोभन्दा डेढ अर्ब रुपैयाँ कमको बजेट प्रस्तुत गरेको छ । गण्डकी प्रदेशले आगामी आर्थिक वर्षका लागि ३३ अर्ब ४२ करोेड ७२ लाख रुपैयाँको बजेट ल्याएको हो  । जुन अघिल्लो वर्षभन्दा डेढ अर्ब कम बजेट हो । 

 अर्थमन्त्री जीतप्रकाश आलेले  बजेटमध्ये चालुतर्फ १२ अर्ब १३ करोड ६७ लाख रुपैयाँ पुँजीगततर्फत २० अर्ब १९ करोड अर्थात ६०.४ प्रतिशत बजेट ल्याइएको छन । सरकारको अनुमानित बजेटमध्ये वित्तीय व्यवस्थातर्फ ५० करोड अनुमान गरिएको छ । 

नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानिकरण अनुदानबाट ७ अर्ब ६२ करोड २५ लाख, राजश्व बाँडफाँडबाट ९ अर्ब ५ करोडको अनुमान गरिएको छ । रोयल्टी बाँडफाँडबाट ४० करोड, ससर्त अनुदानतर्फत ४ अर्ब ९४ करोड, समपूरक अनुदानतर्फ ८४ करोड, विशेष अनुदानतर्फ ७० करोड प्राप्त हुने अनुमान अर्थमन्त्री आलेले प्रस्तुत गरे ।

प्रदेशको आन्तरिक स्रोतबाट राजश्वबापत ५ अर्ब १६ करोड ९१ लाख संकलन हुने अनुमान गरिएको छ । साथै चालु आर्थिक वर्षको कार्यक्रम कार्यान्वयनबाट ३ अर्ब नगद मौज्दात रहने अनुमान अर्थमन्त्री आलेको छ ।

प्रतिक्रिया दिनुहोस