aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

नेपालमा पहिलो पटक मङ्कीपक्स सङ्क्रमण पुष्टि, १११ देशमा फैलिसक्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०२ असार २०८०
नेपालमा पहिलो पटक मङ्कीपक्स सङ्क्रमण पुष्टि, १११ देशमा फैलिसक्यो

काठमाडौं । नेपालमा पहिलो पटक मङ्कीपक्स भाइरसको सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले आज विज्ञप्ति जारी गर्र्दै मङ्कीपक्स भाइरस ९एमपक्स० सङ्क्रमण देखिएको जानकारी दिनुभयो । 

“एक ६० वर्षीय विदेशी महिलामा एमपक्ससँग मिल्दोजुल्दो लक्षण देखिएपछि काठमाडौँको अस्पतालमा परीक्षण भइरहेको थियो”, उनले जारी गर्नु भएको विज्ञप्तिमा भनिएको छ, “ती महिलाको शरीरबाट नमूना सङ्कलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षण गर्दा आज एमपक्स सङ्क्रमण पुष्टि भएको हो ।” मङकीपक्सको बारेमा थप खोज अनुसन्धान तथा उपचार जारी रहेको जनाइएको छ । मङ्कीपक्स विश्वभरी हाल १११ देशमा फैलिसकेको छ । 

यो मङ्कीपक्स भाइरसबाट हुने एक किसिमको सरुवा रोग हो । यो एमपक्स रोग मानिसबाट मानिसमा वा जनावारबाट मानिसमा सर्ने गर्दछ । सन् १९८० मा विफरको उन्मूलन र विश्वव्यापी विफर खोपको अन्त्यपछि मङ्कीपक्स मध्य, पूर्वी र पश्चिमा अफ्रिकामा निरन्तर देखापरिहेको छ ।

प्रतिक्रिया दिनुहोस