aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

आज कोशी प्रदेशमा ठूलो पानी पर्ने, तराईमा तातो हावा चल्ने हुँदा सावधानी अपनाउन आग्रह

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०२ असार २०८०
आज कोशी प्रदेशमा ठूलो पानी पर्ने, तराईमा तातो हावा चल्ने हुँदा सावधानी अपनाउन आग्रह

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले हाल देशको पूर्वी तथा मध्य भूभागमा मनसुनी प्रणालीको प्रभाव रहेको जनाएको छ भने बाँकी भूभागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको जानकारी दिएको छ ।

विभागका अनुसार हाल सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।

आज दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै, राती कोशी प्रदेश, मधेश प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा मधेश प्रदेश सहित बाँकी पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेशको एक–दुई स्थानमा भारी बर्षाको पनि सम्भावना रहेको छ ।

देशका मध्य तथा पश्चिम तराईका भूभागहरूमा अत्याधिक गर्मी हुने सम्भावना यथावत् देखिन्छ । कोशी प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा, कोशी प्रदेशका तराई भूभागका साथै देशका बाँकी पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कोशी प्रदेशको एक–दुई स्थानमा भारी बर्षाको पनि सम्भावना रहेको छ । तसर्थ, अत्याधिक गर्मी, मेघगर्जन र चट्याङ्ग तथा वर्षा बाट हुन सक्ने जोखिम वा क्षति बाट बच्न आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।
 

प्रतिक्रिया दिनुहोस