aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

नक्कली शरणार्थी प्रकरणमा टंक र लक्ष्मीमात्र कसरी धरौटीमा छुटे ?

  • आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट
    आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट
  • शनिबार, ०२ असार २०८०
नक्कली शरणार्थी प्रकरणमा टंक र लक्ष्मीमात्र कसरी धरौटीमा छुटे ?

 काठमाडौं । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्की प्रकरणमा पक्राउ परेका १६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ। न्यायाधीश प्रेमप्रसाद न्यौपानेको एकल इजलासले एमाले नेता टोपबहादुर रायमाझी र नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणसहित १६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो।

त्यस्तै टंक गुरुङ र लक्ष्मी महर्जनलाई भने धरौटीमा रिहा गर्ने आदेश दिएको छ। गुरुङलाई दस लाख र महर्जनलाई ५ लाख धरौटीमा रिहा गर्न आदेश दिइएको हो। उनीहरू आजै धरौटीबापतको रकम तिरेर रिहा भएका छन्।

टंक र लक्ष्मी कसरी धरौटीमा रिहा भए ?
टंक र लक्ष्मीबारे आदेशमा भनिएको छ, 'धरौटी प्रतिवादीहरू लक्ष्मी महर्जन र टंककुमार गुरुङको आरोपित कसूरमा सम्लग्नती रहे पनि निजहरूले गरेको कसूरको गाम्भिर्यता, वारदातको अवस्था, प्रकृति र स्वरुपसमेतलाई दृष्टिगत गर्दा निजहरुबाट धरौटी माग गरी मुद्दाको पुर्पक्ष गर्नु उपयुक्त हुने देखिँदा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ बमोजिम प्रतिवादी लक्ष्मी महर्जनबाट रु. ५,००,००० (पाँच लाख) र प्रतिवादी टंककुमार गुरुङबाट रु. १०,००,००० (दश लाख नगद वा सो बराबरको जमानत वा बैंक ग्यारेन्टी दिए लिई मुद्दाको पूर्पक्ष गर्न कानून र विवेक सम्मत देखिएकोले सो दिए मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ७४ अनुसारको शर्तको कागज गराई तारेखमा राख्नु र दिन नसके प्रतिवादीहरुलाई ऐ। संहिताको दफा ८० बमोजिम थुनुवा पूर्जी दिई कारागार कार्यालय जगन्नाथदेवल, काठमाडौंमा कानूनबमोजिम थुनामा राख्न पठाई दिनु भनी मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ७९ बमोजिम यो आदेश पर्चा गरिदिएको छ।'

प्रकरणमा कसरी जोडिएका थिए टंक र लक्ष्मी ?
आदेशमा भनिएको छ,
;प्रतिवादी टंककुमार गुरुङका हकमा विचार गर्दा यी प्रतिवादीले ललितपुर स्थित नर्वेजियन एम्बेसीको अगाडि रेष्टुरेण्ट सञ्चालन गरेको र निजले सञ्चालन गरेको होटलमा प्रतिवादी शमशेर मियाँले सरकारी सुविधा बापत प्राप्त गरेको बा १ झ १५८१ नम्बरको गाडी शमशेर मियाँका ड्राइभर प्रेमकुमार गौतमले सोही रेष्टुरेण्टमा छाडेको र सो गाडी बायोमेट्रिक प्रयोजनका लागि चितवनको सौराहा लगेको भन्ने झप्पडबहादुर खत्रीको कागजबाट देखिन्छ । यी प्रतिवादी केशव दुलालका घरबेटी भैएकोले निजको रेष्टुरेण्टमा प्रतिवादीहरु लगायत अन्य व्यक्तिहरु जाने गरेकोसम्म देखिएकोछ। यी प्रतिवादी उपर जाहेरवाला गजेन्द्र बुढाथोकीको जाहेरी परेको र निजकोसमेत मिलेमतोमा ठगी गर्ने कार्य गरी गृह मन्त्रालयको पत्रका आधारमा करोडौ रकम उठाई जाहेरवाला नेपालीहरुलाई नक्कली भुटानी बनाई अमेरिका लैजाने कार्यमा निजको सम्लग्नता रहेको भन्ने अभियोगपत्र रहेको देखियो ।'

प्रतिक्रिया दिनुहोस