aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

डिस्चार्ज भएको तीनदिनमै फेरि अस्पताल भर्ना भए राष्ट्रपति पौडेल

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०२ असार २०८०
डिस्चार्ज भएको तीनदिनमै फेरि अस्पताल भर्ना भए राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल डिस्चार्ज भएको तीन दिनमै फेरि बिरामी परेका छन् । मंगलबार मात्र हृदयघात भएर २४ घण्टा सहिद गंगालाल हृदयरोग केन्द्रमा राखेर डिस्चार्ज गरिएका पौडेलको स्वास्थ्यमा समस्या आएपछि आज फेरि अस्पताल भर्ना गरिएको हो । 

श्रोतका अनुसार पौडेललाई मध्यराती समस्या भएपछि ३ बजे मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्टर सेन्टर (महाराजगन्ज) मा भर्ना गरिएको छ । 

मुटुमा समस्या देखिएपछि राष्ट्रपति पौडेल गत मंगलबार गंगालालमा भर्ना भएका थिए भने बुधबार मात्र ‘डिस्चार्ज’ भएका थिए।

प्रतिक्रिया दिनुहोस