
काठमाडौं । उत्तरी एट्लान्टिक गठबन्धन(नेटो) दोस्रो विश्वयुद्ध पछि स्थापना भएको थियो । यी सबै सोभियत संघले त्यस समयमा खडा गरेको खतराको सामना गर्ने सन्दर्भमा। गठबन्धनको स्थापना सन्धि १९४९ मा अमेरिकाको वाशिंगटनमा एक दर्जन युरोपेली र उत्तर अमेरिकी देशहरुद्वारा हस्ताक्षर गरिएको थियो ।
हाल यो संगठनमा १९४९ मा बेल्जीयम, क्यानाडा, डेनमार्क, फ्रान्स आइसल्याण्ड, इटाली, लक्जेम्बर्ग, नेदरल्याण्ड, नर्वे, पोर्चुगल, बेलायत र अमेरिका आवद्ध भएका थिए । त्यस्तै, १९५२ मा ग्रीस र टर्की सदस्य बनेका थिए । त्यसैगरि, १९५५ मा गएर पश्चिम जर्मन, १९८२ मा स्पेन नेटोको सदस्य बनेको थियो ।
त्यस्तै, १९९९ मा थप तीन देश थपिए जसमा चेक रिपब्लिक, हंगेरी र पोल्याण्ड सदस्य बने । सन २००४ मा बुलगेरिया, इस्टोनिया, लाटभिया, लिथुनिया, स्लोभाकिया र स्लोभानिया थपिए । त्यस्तै, २००९ मा गएर क्रोसिया र अलबानिया थपिए । सन २०१७ मा मोन्टेनेग्रो, सन २०२० मा नर्थ म्यासेडोनिया र २०२३ मा फिनल्याण्ड नयाँ सदस्य थपिएका छन् ।
प्रतिक्रिया दिनुहोस