
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा तीन मन्त्रालयको बजेट रुपैयाँ कायम गर्न प्रस्ताव गरिने भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बजेट एक रुपैयाँ कायम गर्न प्रस्ताव गरिने भएको हो ।
संघीय संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार आजको बैठकमा लीलानाथ श्रेष्ठ र प्रेम सुवालले संघीय मामिलाको, योगेश भट्टराईले पर्यटन मन्त्रालयको, कृष्णगोपाल श्रेष्ठ र सुमना श्रेष्ठले स्वास्थ्य मन्त्रालयको शीर्षकको रकमलाई घटाई एक रुपैयाँ कायम गरियोस् भन्ने प्रस्ताव गर्नेछन् ।
प्रतिनिधिसभाको आजको बैठक संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजेका लागि बोलाइएको छ । आजको बैठकमा पनि विनियोजन विधेयक २०८० अन्तर्गत मन्त्रालयगत छलफल हुन लागेको हो ।
प्रतिक्रिया दिनुहोस