aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

पाँचथरमा बाढीबाट ठूलो क्षति, एक बालिकासहित ६ जना सम्पर्कविहीन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०३ असार २०८०
पाँचथरमा बाढीबाट ठूलो क्षति, एक बालिकासहित ६ जना सम्पर्कविहीन

काठमाडौं । झापा  जिल्ला र ताप्लेजुङ जिल्ला जोड्ने मेचि राजमार्ज  स्थित पाँचथर जिल्लाको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिका जोड्ने हेवा खोलामा अविरल वर्षाको कारणबाट आएको बाढिको कारण हेवा खोलाको पुल बगाई मेचि राजमार्ग पुर्ण रुपमा अवरुद्द भएको भएको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरले दिएको जानकारी अनुसार मेचि राजमार्ग  हुदै ताप्लेजुङ, झापा  जोड्ने मेचि राजमार्ग सडक खण्ड अवरुद्द भएको छ । 

बाढीमा परेर हालसम्म ६ जना बेपत्ता भएका छन् । हिलिहाङ–७ का दीलिपकुमार तामाङ, फिदिम–१० का सञ्जोग लोवाको पहिचान खुलेको छ भने फिदिम–४ को हेवाखोलामा गिटी कुटेर गुजारा चलाँउदै आएका एक, माझीटारमा २ जना बेपत्ता भएका छन् । 

जिल्ला प्ररी कार्यालय पाँचथरका प्रहरी नायव उपरीक्षक हरि खतिवडाले दिएको जानकारी अनुसार जिल्लामा हालसम्म एक बालिकासहित ६ जना सम्पर्कविहीन भएका हुन् । बाढीले गरेको क्षति बढ्न सक्ने उनले बताए । 

शनिबार राति अविरल वर्षासँगै आएको बाढीले तमोर करिडोरको बेलिब्रिज पनि बगाएको छ । फालेलुङ–७ थोकपन–३ मा मोटरेवल पुल पनि बगाएको छ भने याङवरक–१ को च्याङथापुमा ४ वटा घर बगाएको विवरण प्राप्त भएको छ । 

फालेलुङ गाउँपालिकाको लुमाङदिन र घुमाउनेमा दुइवटा मोटरएवल र एउटा झोलुङगे पुल बगाएको छ ।  

प्रतिक्रिया दिनुहोस