
काठमाडौं । हेटौंडा उपमहानगरपालिकाले आर्थिक वर्ष २०८०र८१ को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ। उप महानगरले आफ्नो बजेटलाई पूर्वाधार विकासलाई पहिलो प्राथमिकता दिएको छ ।
बजेटमा उपमहानगरले एकीकृत बसपार्क तथा टर्मिनल भवन निर्माण गर्न ८ करोड रुपैयाँ, नेपाल विद्युत प्राधिकरणसँगको सहकार्यमा सडकमा उज्यालो शहर कार्यक्रम अन्तर्गत हाइमास्ट लाईट जडानका लागि ७० लाख रुपैयाँ, कर्रा करिडोर निर्माणको निरन्तराका लागि १ करोड रुपैयाँ विनियोजन गरिएको छ। साथै राप्ती करिडोर निर्माण गर्न ५० लाख रुपैयाँ विनियोजन गरिएको छ ।
उप महानगरका उपमेयर राजेश बानियाँका अनुसार आगामी आर्थिक वर्षको लागि २ अर्ब ६० करोड ६५ लाख ४० हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको बताए । आन्तरिक स्रोतबाट आन्तरिक स्रोतबाट ८३ करोड ६६ लाख ६२ हजार रुपैयाँ, राजस्व बाँडफाँटबाट ५९ करोड १४ लाख रुपैयाँ, प्रदेश सरकारको विभिन्न अनुदानबाट प्राप्त ३ करोड ३४ लाख रुपैयाँ र संघीय सरकारबाट १ अर्ब १४ करोड ५० लाख रुपैयाँ रहेको छ।
बजेटमा भएको व्यवस्था अनुसार सामाजिक विकासतर्फ ९२ करोड ९२ लाख रुपैयाँ, पूर्वाधार विकासमा ३८ करोड ४० लाख रुपैयाँ, आर्थिक विकासतर्फ ११ करोड ६७ लाख तथा वातावरण तथा विपद् व्यवस्थापनमा ७ करोड १५ लाख रुपैयाँ विनियोजन गरिएको छ।
प्रतिक्रिया दिनुहोस