aarthiknews.com शनिबार, २५ जेठ २०८२   Saturday, 07 June, 2025
 

मन्त्रिमण्डलको पुनःगठन हुनसक्छ : प्रचण्ड

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०५ असोज २०७६
मन्त्रिमण्डलको पुनःगठन हुनसक्छ : प्रचण्ड

बिराटनगर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकमा एकता कायम गर्न र विकास कार्यलाई तीव्रता दिन सुशासन कायम गर्नुपर्नेमा जोड दिएका छन् ।

अध्यक्ष दाहालले एक प्रश्नको जवाफमा प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको र उनले नियमितरुपमा सरकार सञ्चालन गरिरहेको प्रष्ट पार्दै प्रधानमन्त्रीले चाहेमा मन्त्रिमण्डलको पुनःगठन हुनसक्ने धारणा राखे ।

विराटनगर विमानस्थलमा आज बिहान सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै उनले मुुलुकमा सुशासन कायम गर्न कमी कमजोरीको समीक्षा गर्दै अघि बढ्नुपर्ने कुरामा जोड दिए ।

अध्यक्ष दाहालले अहिले केही मात्रामा बढेको अराजक गतिविधि र उछृङ्खल क्रियाकलापप्रति सरकार र राजनीतिक दल गम्भीर भएको बताउँदै उनले यस्ता क्रियाकलापले वर्तमान प्रणालीमा कुनै खतरा नभएको टिप्पणी गरे ।

उनले अराजक गतिविधि र उछृङ्खल क्रियाकलापप्रति सदनमा भएका सबै राजनीतिक दलले प्रतिवाद गर्नुपर्ने कुरामा जोड दिँदै भ्रष्टाचारको विरुद्धमा सरकार अघि बढेको छ भने ।

सरकारले गएको वर्षमा मौलिक हकका थुप्रै कानून निर्माण गरिसकेको बताउँदै पूर्वप्रधानमन्त्री दाहालले वर्तमान सरकार गठनपछि छिमेकी मुलुकहरुसँग पनि सम्बन्ध राम्रो भएको उल्लेख गरे । उनले मुलुकको आर्थिक वृद्धि दर सात प्रतिशत रहेकाले निराश हुनुपर्ने स्थिति नरहेको भन्दै सरकारले विकासका काममा तीव्रता दिनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस