काठमाडौं । जुवातास खेलिरहेको १२ जना अवस्थामा पक्राउ परेका छन् । कागेश्वरी मनोहरा नगरपालिका १ गागलफेदी बस्ने कृष्ण खड्काको घरमा जुवातास खेलिरहेको अवस्थामा खड्का समेत ७ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
विशेष सूचनाको आधारमा प्रहरी प्रभाग साँखुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९५ हजार ३ सय ३५ रूपैयाँ र ३ बुक ताससहित फेला पारी पक्राउ गरेको हो । यसैगरी काठमाडौं टोखा नगरपालिका ३ धनेश्वर डेरा गरी बस्ने गोरखा बारपाक सुलिकोट गाउँपालिका २ घर भएकी २० वर्षीया सबिता घलेको कोठामा जुवातास खेलिरहेको अवस्थामा घले समेत ५ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ९० हजार रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस