काठमाडौं । जिल्ला प्रहरी कार्यालय वीरगन्ज पर्साले विभिन्न ब्राण्डका मोबाइल तथा घडीहरूसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले विभिन्न वीरगन्ज महानगरपालिका वडा नं.३२ वदननगर बस्ने भारत विहार पूर्वी चम्पारण बिसुनपुरका ३३ वर्षका मनोज कुमार साहलाई पक्राउ गरेको हो ।
विभिन्न ब्राण्डका मोबाइल तथा घडीहरू भन्सार छली चोरी पैठारी गरी भारतबाट नेपाल भित्राइ अनाधिकृतरूपमा भण्डारण गरेको प्रहरीकोमा सूचना पुगेको थियो । सोही सूचनाका आधारमा प्रहरीले उनको कोठा खानतलासी गर्दा सो सामान बरामद गरिएको हो ।
१९ लाख १४ हजार रुपैयाँ बराबरको विभिन्न ब्राण्डका मोबाइल तथा घडीहरू फेला परेको छ । पक्राउ परेका मनोज कुमारलाई आवश्यक कारबाहीको लागि आजै वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस