aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

भारतमासमेत सर्वाधिक विवादित आदिपुरुष, आजदेखि रोकियो प्रदर्शन

  • आजको कान्तिपुर दैनिकबाट
    आजको कान्तिपुर दैनिकबाट
  • सोमबार, ०४ असार २०८०
भारतमासमेत सर्वाधिक विवादित आदिपुरुष, आजदेखि रोकियो प्रदर्शन

काठमाडौं । भारतमा समेत चर्को विवादमा रहेको दक्षिण भारतीय फिल्म आदिपुरुष नेपालमा पनि विवादित बनेपछि सोमबारबाट काठमाडौं महानगरपालिकामा प्रदर्शन नहुने भएको छ । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले फिल्मको विवादित अंश भारतीय फिल्मबाटै नहटाएसम्म काठमाडौंमा प्रदर्शन गर्न नदिने निर्णय गरेपछि हलवालाहरुले पनि सोमबारबाट प्रदर्शन रोक्ने भएका छन् ।

हलहरूको छाता संगठन चलचित्र संघका उपाध्यक्ष भाष्कर ढुंगानाले दर्शकको सुरक्षाको निम्ति सोमबारदेखि आदिपुरुष को प्रदर्शन रोक्ने निर्णयमा पुगेको जानकारी दिए ।

महानगर प्रहरीले हलसम्मै पुगेर फिल्म प्रदर्शनमा रोक लगाउने कोसिस गरेपछि यो निर्णयमा पुगेको ढुंगानाले बताए । आजै (आइतबार) सिभिल मलको हलमा नगर प्रहरी पुगिसक्नुभयो । हामी सोमबारबाट फिल्म देखाउँदैनौं । हामी त जनताको सुरक्षाको जिम्मेवारीमा रहेको पक्ष हौं । हामीले त एक कदम पछाडि रहेर जनताको सुरक्षालाई ध्यानमा राखेर संयमित भएर अहिलेका लागि फिल्मको प्रदर्शन रद्द गर्छौं ढुंगानाले भने ।

आइतबार अपराह्न महानगर प्रमुख शाहले सोमबारदेखि महानगर क्षेत्रमा हिन्दी चलचित्र प्रदर्शनमा निषेध गरिएको बताउँदै स्टाटस लेखेका छन् । 'जानकी भारतीय छोरी' हुन् भन्ने संवाद फिल्मको मूल भागबाट हटाउनका लागि सरकारलाई ३ दिन पहिले गरेको आग्रहलाई बेवास्ता गरेको भन्दै शाहले चलचित्रका कारण नेपालमाथि सांस्कृतिक अतिक्रमण भएको दाबी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस