aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

भारतमा कर संकलनमा नयाँ रेकर्ड, प्रत्यक्ष कर संकलन ११.१८ प्रतिशतले बढ्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०४ असार २०८०
भारतमा कर संकलनमा नयाँ रेकर्ड, प्रत्यक्ष कर संकलन ११.१८ प्रतिशतले बढ्यो

एजेन्सी । आर्थिक वर्ष २०२३–२४ को अप्रिल १ र जुन १७ को बीचमा भारतको प्रत्यक्ष कर सङ्कलनमा ठूलो उछाल आएको छ। त्यहाको वित्त मन्त्रालयका अनुसार यस अवधिमा भारतको खुद प्रत्यक्ष कर सङ्कलन ११.१८ प्रतिशतले बढेर ३,७९,७६० करोड रुपैयाँ भारु पुगेको छ।

 गत आर्थिक वर्षको सोही अवधिमा प्रत्यक्ष कर सङ्कलन ३ लाख ४१ हजार ५६८ करोड भारु रहेको थियो । ३,७९,७६० करोड भारुको खुद प्रत्यक्ष कर सङ्कलनमा १,५६,९४९ करोड भारु, व्यक्तिगत आयकर (पीआईटी) सुरक्षा कारोबार (एसटीटी) सहित २,२२,१९६ करोड रुपैयाँ भारु समावेश रहेको त्यहाको वित्त मन्त्रालयले जनाएको भारतीय सञ्चार माध्यमले समाचारमा उल्लेख गरेका छन।

आर्थिक वर्ष २०२३(२४ को कुल सङ्कलन (फिर्ती समायोजन अघि) अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ३,७१,९८२ करोड रुपैयाँ भारुको तुलनामा ४,१९,३३८ करोड रुपैयाँ भारु थियो। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १२.७३ प्रतिशतले बढेको छ । 
 

प्रतिक्रिया दिनुहोस