काठमाडौं । छुट्टाछुट्टै स्थानमा दुई जना मृत अवस्थामा फेला परेका छन् । बाँकेको नेपालगंज उपमहानगरपालिका १४ भवानियापुर बस्ने ५० वर्षीय गोपाल बाल्मिकी आफ्नै घरमा सोमबार मृत अवस्था फेला परेका हुन् ।
त्यस्तै, भक्तपुरको मध्यपुर ठिमी नगरपालिका ४ हनुमन्ते पुल नजिक टहरोमा बस्ने रामेछाप मन्थली नगरपालिका १४ फुलासी पोखरी घर भएका ६० वर्षीय मानबहादुर तामाङ सोमबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस