aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

प्रचण्डको नेतृत्वमा ५४ सांसदको शक्ति, मोर्चा निर्माणका दुई कारण

  • आजको कान्तिपुर दैनिकबाट
    आजको कान्तिपुर दैनिकबाट
  • मंगलबार, ०५ असार २०८०
प्रचण्डको नेतृत्वमा ५४ सांसदको शक्ति, मोर्चा निर्माणका दुई कारण

काठमाडौं । माओवादी, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी र नेत्रविक्रम चन्द नेतृत्वको नेकपा सम्मिलित समाजवादी मोर्चा सोमबार राजधानीमा घोषणा भएको छ । मोर्चा घोषणासँगै प्रतिनिधिसभामा ५४ सिटको गठबन्धन बनेको छ । चन्द नेतृत्वको नेकपा भने संसद् बाहिर छ । 

समाजवादी मोर्चा घोषणाबाट सबैभन्दा बढी उत्साहित माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल देखिएका छन् । यसका दुई कारण छन् । एक, यो मोर्चाले सरकारको कामकारबाहीमा निर्णायक भूमिका निर्वाह गर्न सक्नेछ । प्रतिनिधिसभामा ३२ सांसद रहेको माओवादी, १२ सांसद रहेको जसपा र १० सांसद रहेको एकीकृत समाजवादी सत्तारूढ दल हुन् । दुई, कुनै बेला छुटेर गएका पूर्वमाओवादी नेता चन्दको समूह पनि मोर्चामा जोडिएको छ । चन्दको नेकपामार्फत सडकबाट दबाब दिने रणनीति मोर्चाले लिएको छ ।

दाहालले प्राप्त उपलब्धिका रक्षाका लागि अब सरकार, सदन र सडकबाट अभियान चलाउने बताए । ‘हामी सडकमा पनि जानेछौं, सदनमा पनि । नयाँ लडाइँ छेड्ने हो,’ राष्ट्रिय सभागृहमा आयोजित घोषणासभामा उनले भने । चन्दलाई मोर्चामा सहभागी गराउनुमा भने ठूलो महत्त्व रहेको दाहालले बताएका छन् । ‘विप्लव ९चन्द० ले नेतृत्व गरेको नेकपा पनि यो मोर्चामा सामेल भएको छ । यसको गुणात्मक र क्रान्तिकारी महत्त्व छ,’ घोषणासभामा उनले भने, ‘हामी संसदीय राजनीतिमा भेला हुँदा धूलो जम्मा भएको छ । विप्लव आउँदा धूलोमैलो सफा गर्न मद्दत पुग्नेछ ।’

प्रतिक्रिया दिनुहोस